काठमाडौं/२५ साउन
म्याग्दी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेनी नगरपालिका—५ पुलाचौर बस्ने २० वर्षीय सोहन छिनाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोहनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, बर्दियाका १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका १० कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने मधुबन नगरपालिका २ बङगालीपुर घर भएका १९ वर्षीय बिण्णु थारुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति थारुले राजापुर नगरपालिका १० झुण्डिपुरस्थित गजुरमुखी क्रसर उद्योगमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैगरी, मोरङमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा केराबारी गाउँपालिका १ पाटिगाउँ बस्ने २७ वर्षीय सूर्य कुमार राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राईले गत बिहीबार ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
-
19 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments