Byroad News

Loading...

दुई स्थानबाट १७ जना जुवाडे पक्राउ 


दुई स्थानबाट १७ जना जुवाडे पक्राउ 

काठमाडौं/२५ साउन
काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वरस्थित रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप खाँडादेवी गाउँपालिका ५ घर भएका ३६ वर्षीय हेम कार्कीलगायत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । केसीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४८ हजार ५ सय रुपियाँ र ६२ बुक तास सहित पक्राउ गरेको हो । 
    
यसैगरी, स्याङ्जा, वालिङ नगरपालिका—९ क्याम्पस रोड डेरा गरी बस्ने ख्याम बहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय रुकबहादुर थापा लगायत ११ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उनको कोठामा जुवातास खेलिरहेको छ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ९ सय ५० रुपियाँ र ९ गड्डी ताससहित पक्राउ गरेको हो । 

Comments

KATHMANDU WEATHER