काठमाडौं/२५ साउन
बुढानिलकण्ठ नगरपालिका—१० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका—२ तातोपानी घर भएका २२ वर्षीय अन्जित सुवेदीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीमा लगाएको करिब २ तोलाको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीय मानिसहरुको सहयोगमा अन्जितलाई पक्राउ गरेको हो ।
Featured News
-
19 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments