Byroad News

Loading...

मिरिना आँधी स् जापानको चिबा क्षेत्रबाट हजारौँलाई सुरक्षित स्थलतर्फ जान आग्रह


मिरिना आँधी स् जापानको चिबा क्षेत्रबाट हजारौँलाई सुरक्षित स्थलतर्फ जान आग्रह

टोकियो/२४ साउन
जापानको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ ।

चिबाको सामुद्रिक क्षेत्रबाट झन्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गई सकेको जापानको राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जापानको मौसम विज्ञान विभागलाई उद्धृत गर्दै एनएचके प्रसारकले भनेको छ, ‘आइतबारको सुरुसम्ममा उष्ण कटिबन्धीय आँधी प्रान्तको दक्षिण पूर्वी भागमा सक्रिय रहनेछ भने यो क्रमश: लगभग २५ किलोमिटर प्रति घण्टाका दरले उत्तर पूर्वमा सर्नेछ ।’

यस आँधीको मध्य वायुमण्डलीय चाप ९८० ‘हेक्टोपास्कल’ रहेको बताइएको छ । आँधी प्रभावित क्षेत्रमा प्रति घण्टा ८३ किलोमिटर र आँधीको केन्द्र नजिकै १२६ किलोमिटर प्रति घण्टाको अधिकतम चापले हुरी चल्ने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

उनीहरूले आँधीपछि जापानको तटीय क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने र यसका कारण पहिरो र बाढी आउन सक्ने चेतावनी दिएका एनएचकेले बताएको छ ।

Comments

KATHMANDU WEATHER