भीमफेदी/२४ साउन
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नंबर २ स्थित कुलेखानीको सिमखोला सडकखण्डमा टाटसुमो दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ ।
काठमाण्डौँबाट हेटौँडा जाँदै गरेको ना १ ज २११४ नंबरको सुमो आफै अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खोल्सामा खस्दा सुमो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देबेन्द्र दासले बताउनु भयो ।
दुर्घटनामा चार जना गम्भिर घाईते भएको र उनीहरुलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको छ । मृत्यु भएको सुमो चालकको पहिचान अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ । घाइते हुनेमा भारत ज्ञानबाद बस्ने १४ बर्षीय रोनक कुमार, सोही ठाउँ बस्ने १७ बर्षीय शंकर कुमार, विशाल कुमार र शिव शक्ति कुमार रहेको प्रहरी निरीक्षक दासले जानकारी दिनुभयो ।
Featured News
-
18 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments