Byroad News

Loading...

खैरो हिरोइनसहित दुई जना पक्राउ


खैरो हिरोइनसहित दुई जना पक्राउ

काठमाडौं/२३ साउन
काठमाडौंबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–३ धारापाटी बस्ने नेपालगञ्ज नगरपालिकाका सुवास बराल र बाँकेको नरैनापुरका मोविन जोलाहा पक्राउ परेका हुन् ।

प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुको साथबाट २० ग्राम खैरो हिरोइन, लागू औषध जोख्ने तराजु, ३ थान मोवाइल, ८२ हजार नेपाली रुपियाँ, ९ हजार भारतीय रुपियाँ बरामद गरेको छ ।

उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER