Byroad News

Loading...

लालबन्दीमा पिकअप भ्यान दुर्घटनामा एकजनाको मृत्यु


लालबन्दीमा पिकअप भ्यान दुर्घटनामा एकजनाको मृत्यु

लालबन्दी/२३ साउन
सर्लाहीको लालबन्दीमा पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ । २५ जनाभन्दा बढी घाइते भएका छन् । फुटबल खेलाडी बोकेको प्रदेश २–०३००१ च ०८४६ नम्बरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६ मा दुर्घटनामा परेको हो ।

फुटबल खेल्नका लागि खेलाडी बोकेर लालबन्दीकै परवानीपुरतर्फ हिँडेको भ्यान लालबन्दी नगरपालिका–६ स्थित फुटबल चौर अगाडि दुर्घटना हुँदा लालबन्दी नगरपालिका–९ बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।

दाहालको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अन्य ६ जनालाई थप उपचारका लागि वीरगञ्ज र भरतपुर रिफर गरिएको प्रहरी निरीक्षक थापाले बताउनु भयो ।

सामान्य घाइते २२ जनाको लालबन्दीको गढीमाई र मोडेल अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबैको अवस्था सामान्य छ । दुर्घटनापछि पिकअपका चालक फरार छन् ।

Comments

KATHMANDU WEATHER