Byroad News

Loading...

अभद्र व्यवहार गर्ने वाइबा पक्राउ


अभद्र व्यवहार गर्ने वाइबा पक्राउ

हेटौंडा/२२ साउन
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका महिला चिकित्सक र कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सदस्‍य हिरा वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

वाइबालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले अभद्र व्यवहार, अपशब्द बोलेको आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार वाइबाको विरुद्ध मुद्दा परेको र सोधपुछ र जाँच गर्नका लागि शुक्रबार बोलाइएको र नियन्त्रणमा लिइएको हो । साउन १६ गते प्रतिष्ठानको सञ्चालक समिति सदस्य, केही पदाधिकारी, कर्मचारी र प्रोफेसरहरु वनभोज गएका बेला वाइबाले दुई जना चिकित्सक र कर्मचारीमाथि मादक पदार्थ सेवन गरि अभद्र व्यवहार र अपशब्द बोलेको आरोप लागेको थियो ।

वनभोज गएका बेला वाइबाले मदिरा खाएर अपशब्द बोलेको र जथाभावी गाली गरेको पीडित महिला चिकित्सकले बताएका थिए । उनीहरुले आफूहरुमाथि यौन दुव्र्यवहार भएको विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रशासन कार्यालय, उपकूलपतिको कार्यालय, सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री कार्यालयमा समेत उजुरी दिएका थिए ।

तर वाइवाले भने आफूले मदिरा पिएर अभद्र व्यवहार नगरेको र गलत रुपमा हल्ला फैलाइएको बताउदै आएका छन् । प्रतिष्ठानले नै आयोजना गरेको वनभोजमा सामान्य कुरा मात्रै भएको र कुनै दुर्व्यवहार नभएको उनले बताउदै आएका छन् ।

Comments

KATHMANDU WEATHER