Byroad News

Loading...

आइतबारसम्म मेघ गर्जनसहित भारी वर्षाको सम्भावना


आइतबारसम्म मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं/२२ साउन
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसले गर्दा  देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । 

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेकोले पहाडी  भू—भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिुएको छ ।

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १ को एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

Comments

KATHMANDU WEATHER