Byroad News

Loading...

नेपाल पक्षद्वारा अधिवेशन प्रक्रिया रोक्न ओली पक्षसँग माग


नेपाल पक्षद्वारा अधिवेशन प्रक्रिया रोक्न ओली पक्षसँग माग

काठमाडौं/२१ साउन
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अधिवेशन प्रक्रिया रोक्न माग गरेको छ ।

बिहीबारदेखि शुरु भएको आफ्नो समूहका केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता नै आफ्नो इच्छा र चाहना भएको बताउनु भएको छ । 

नेता रघुजी पन्तका अनुसार १० बुँदे सहमति जुटाउने कार्यदलका संयोजक भीम रावलले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न ओली पक्षको कार्यदलका सदस्यहरुलाई आग्रह गर्नु भएको छ । 

१० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ ।

Comments

KATHMANDU WEATHER