Byroad News

Loading...

बलात्कारको आरोपमा पक्राउ परेका दुईजना जेल चलान


बलात्कारको आरोपमा पक्राउ परेका दुईजना जेल चलान

हेटौंडा/२१ साउन
पुर्पक्षका लागि जेल चलान भएका छन् । गत जेठ २५ गते हेटौँडा वडा नंबर ४ को एक घरबाट तास खेलिरहेको अवस्थामा पक्राउ परेका ६ जनामध्ये दुई जना जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । 

पक्राउ परेकी एकजना किशोरीले बन्धक बनाई बलात्कार गरेको बताएपछि अनुसन्धानको क्रममा रहेका ६ जना मध्ये दुईजनालाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका ६ जनामध्ये हेटौंडा ४ का रुस्तम कोईराला र अख्तर हुसेनलाई जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो। अन्य चार जनालाई जुवा ऐन अन्तर्गत ३० हजार धरौटीमा छोडिएको छ ।

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकी किशोरीले आफुलाई बन्धक बनाएर बलात्कार गरेको बताएपछि पक्राउ परेकाहरुलाई प्रहरीले जेठ २५ गतेबाटै पक्राउ गरि अनुसन्धान गरिरहेको थियो ।

Comments

KATHMANDU WEATHER