काठमाडौं/२१ साउन
नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आज बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।
अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताउनु भयो । ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ । ओली पक्षले बैठक अवैधानिक भएको पनि बताएको छ ।
केन्द्रीय सदस्य गंगालाल तुलाधरका अनुसार बैठक समसामयिक राजनीति र पार्टी एकताका सन्दर्भमा छलफल हुनेछ । माधव नेपाल पक्षका अर्का एक नेताका अनुसार एमालेभित्रको अन्यौल अबको केही घण्टामा नै समाप्त हुनेछ ।
थप एजेण्डा तय गर्न केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बस्नेछ । उहाँले भन्नुभयो, ‘केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि स्थायी कमिटीको बैठक बस्छ । थप एजेण्डा त्यही बैठकले तय गर्छ ।’
प्रतिनिधिसभा पुनर्स्थापना र नयाँ सरकार बनेपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ ।
माधव समूहले पार्टी फुटाएर जान केन्द्रीय कमिटीको म्यान्डेट लिनका लागि बैठक राखेको एमालेको केपी ओली पक्षको बुझाइ छ । माधव नेपाल पक्ष कसरी अगाडि बढ्छ भन्ने टुंगो लागिसकेको छैन । तर यो समूहले छुट्टै बैठक बोलाएपछि एमालेमा हुँदै आएको एकता प्रयास अवरुद्ध भएको र मिल्ने सम्भावना कम हुन थालेको विश्लेषण हुन थालेको छ ।
-
18 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments