थाहानगर/२० साउन
मकवानपुर प्रहरीले मनहरी सिमपानीबाट आज विहानै १२७ किलो गाँजा, ट्रक र ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आज बुधबार विहान ७ बजे मनहरी ८ सिमपानीस्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा बी.आर.ई. २८३९ नम्बरको भारतीय ट्रकबाट सो परिमाणमा गाँजासहित तीन जनालाई पक्राउ गरिएको मकपानपुर प्रहरी निरीक्षक देवन्द्र दासले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा भारत बैशाल जिल्ला बस्ने वर्ष ३८ को रामराज सहनी, भारत समस्तीपुरका १८ वर्षीय राहुल कुमार सहनी र बीरगञ्ज ९ चुर्नी बस्ने वर्ष ३० रियाजुल अंसारी रहेका छन् । उनीहरुका सम्बन्धमा अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
यसैगरी, मकवानपुर प्रहरीले हिजो मंगलबार राति साँढे ९ बजे हेटौंडा १० स्थित गण्डकी गेष्ट हाउसबाट २ जनालाई लागुऔषध नाइट्रोभेटसहित पक्राउ गरेको छ।
उनीहरुका साथबाट ११२५ ट्याब्लेट नाइट्रोभेट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा नजगढ १३ बस्ने १९ वर्षीय सुवाष गोले र सोही ठाउँ बस्ने १९ वर्षीय सरोज थिङ रहेका छन् ।
गाँजासहित पक्राउ परेकाहरु
-
17 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments