Byroad News

Loading...

आज हल्कादेखि मध्यम वर्षा धेरै स्थानमा हुने


आज हल्कादेखि मध्यम वर्षा धेरै स्थानमा हुने

काठमाडौं/२० साउन
देशभरको मौसम आज बुधबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायुको प्रभावका कारण अहिले देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमाती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भैरहेको छ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैबिच पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

Comments

KATHMANDU WEATHER