एजेन्सी/१८ साउन
अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
स्थानीय समय अनुसार आइतबार दिउसो १ः१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा सो दुर्घटना भएको प्रहरी स्रोतले जानकारी दिएको छ । हेलिकोप्टरमा सवार रहेको चार जना व्यक्तिको नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र प्रत्यक्षदर्शीहरुलाई सोधपुछ शुरु गरिएको समाचारमा जनाइएको छ । कोलुसा जिल्ला क्यालिफोर्निया राज्यको केन्द्रमा पर्दछ । यस घटनाको विस्तृत विवरण प्राप्त भएको छैन ।
Featured News
-
16 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments