Byroad News

Loading...

एमालेले विभिन्न ९ विभाग बनायो, स्कुल विभाग प्रमुखमा ओली


एमालेले विभिन्न ९ विभाग बनायो, स्कुल विभाग प्रमुखमा ओली

काठमाडौं/१८ साउन
नेकपा एमालेले विभिन्न ९ वटा विभाग बनाएको छ । पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले संगठन, स्कुलसहितका १४ वटा विभाग बनाएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयंले स्कुल विभाग जिम्मा लिनु भएको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार संगठन विभागको प्रमुख उपमहासचिव विष्णु पौडेल हुनुहुन्छ भने संसदीय विभागको प्रमुखमा उपनेता सुवास नेम्वाङ, आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल रहनु भएको छ ।

यसैगरी, विदेश विभाग प्रमुखमा डा. राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल रहनु भएको छ ।

प्रवक्ता ज्ञवालीका अनुसार विभागहरु २५ सदस्यीय हुनेछन् । तर अहिले आर्थिक विभागमा दुई जना मात्र छन् भने निर्वाचनमा ६ स्कुलमा ११ सदस्य छन् भने अरुमा १४/१५ सदस्य छन् ।

Comments

KATHMANDU WEATHER