Byroad News

Loading...

मकवानपुरबाट वीरगञ्ज गएको ट्रकबाट २१ किलो गाँजा बरामद


मकवानपुरबाट वीरगञ्ज गएको ट्रकबाट २१ किलो गाँजा बरामद

हेटौंडा/१८ साउन
सशस्त्र प्रहरीले बीरगञ्जबाट २१ किलो गाँजासहित ट्रक बरामद गरेको छ । विषेश सूचनाको आधारमा सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी निरीक्षक राजेश्वरप्रसाद साहको नेतृत्वमा खटिएको टोलीले सोमबार बिहान साढे ७ बजे ट्रकबाट गाँजा बरामद गरेको हो ।

वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित दोस्रो बाइपास सडकखण्डमा रोकेर राखिएको ट्रकबाट सो परिमाणमा गाँजा बरामद गरेको हो ।

मकवानपुरको मनहरीबाट वीरगञ्ज आउँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा लागूऔषध ल्याउँदै गरेको सूचनाको आधारमा गएको टोलीले गाँजा बरामद गरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो । 

‘गाँजा ल्याउँदैछ भन्ने सूचना प्राप्त भए लगत्तै, टोली पुग्दा ट्रक बाटोमा रोकेर राखेको र चालक, सहचालक फरार भएको थियो,’ खड्काका अनुसार ‘चेकजाँचका क्रममा ट्रकको क्याबिनमा चारवटा प्लाष्टिकको प्याकेटमा गाँजा राखिएको थियो।’

गाँजासहितको ट्रक आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनु भयो । 

Comments

KATHMANDU WEATHER