काठमाडौं/१७ साउन
नेकपा(एमाले)ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सीमा साउन २३ गतेसम्मलाई तोकेको महासचिव ईश्वर पोखरेलले बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘स्थायी कमिटीको बैठक जारी छ । भोलि पनि बैठक हुन्छ । आज हामीले पार्टी सदस्यतालाई नवीकरण गर्ने र अद्यावधिक गर्ने समय सिमा तय गरेका छौँ । पहिले नै निर्देशन दिइसकेको हो । अब साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीहरुले खासगरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीको तर्फबाट सदस्यता नवीकरण र अद्यावधिक गर्ने कुरा केन्द्रमा पठाइसक्नुपर्छ । यो किन गर्नुपरेको हो भने भदौँ २७ र २८ गते हामी विधान महाधिवेशन गर्दैछौँ । विधान महाधिवेशनको लागि सदस्यता नवीकरण, अद्यावधिक गर्ने कुरा टुंग्याइसक्नुपर्ने भएकोले निर्णय गरेको छ ।’
महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने पनि बताउनु भयो । विधान अधिवेशनको सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो- ‘देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्छौँ र असोज ९ गते हामी पालिकास्तरको अधिवेशन गरिसक्छौँ । यो पनि निर्णय भएको छ र विधान अधिवेशन सम्बन्धमा अरु टुंगो गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बस्दैछौँ ।’ एमाले स्थायी कमिटी बैठक भोलि पनि बस्ने महासचिव पोखरेलले जानकारी दिनुभयो।
-
17 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments