Byroad News

Loading...

एमाले स्थायी कमिटीको बैठक आज


एमाले स्थायी कमिटीको बैठक आज

काठमाडौं/१७ साउन
नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने भएको हो ।

शनिबार बोलाइएको बैठक विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो । केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि भन्दै आज दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

शनिबार एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा विघटित कार्यदल सदस्यहरूको बैठक बसेको थियो । त्यहाँ भएको छलफलको बारेमा नेम्वाङले स्थायी कमिटी सदस्यहरूलाई ‘ब्रिफिङ’ गर्नु भएको थियो ।

सिंहदरवारको छलफलमा विघटित कार्यदलमा रहेका नेताहरूले पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका थिए।

Comments

KATHMANDU WEATHER