थाहानगर/१६ साउन
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय मकवानपुरले कुनै पनि विद्यालयलाई तत्काल भौतिक रुपले कुनै पनि कक्षा सञ्चालन नगर्न/नगराउन जिल्लाका सबै पालिकाहरुलाई निर्देशन दिएको छ ।
"कोभिड १९ को दोस्रो चरणको प्रकोप निरन्तर रहिरहेको र केहि दिनदेखि कोभिड संकमितहरुको संख्या बढ्दै गएको" उल्लेख गर्दै भौतिक उपस्थितिमा पठनपाठन कार्य नगराउन पत्राचार गरेको हो ।
"केहि स्थानीय तहअन्तगर्त कतिपय विद्यालयहरुमा भौतिक उपस्थितिमा नै पठनपाठन संचालन गर्न लागिरहेको जानकारी प्राप्त हुन आएको हुँदा नेपाल सरकारको नीरिगत निर्णय विना भौतिक उपस्थितिमा विद्यालय तथा शिक्षण संस्थाहरुमा पठनपाठन नगर्नु नगराउनु हुन र सो बमोजिमको सूचना सबै विद्यालयहरुमा गर्ने गराउने व्यवस्था हुन अनुरोध छ।" इकाइ प्रमुख प्रेमराज खरेलद्वारा जारी पत्रमा भनिएको छ ।
साथै शैक्षिक गतिविधि र शिक्षण सिकाई कार्यलाई निरन्तरता दिन विद्यालयको अवस्था र परिवेश अनुकुलको वैकल्पिक पठनपाठनको विधि अपनाउने व्यवस्था गर्न पनि निर्देशन दिइएको छ । 
-
1 day agoथाहा गोल्डकप आजदेखि सुरु
-
4 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments