Byroad News

Loading...

विमलेन्द्र, प्रकाशमान र शशांकबीच भेटवार्ता


विमलेन्द्र, प्रकाशमान र शशांकबीच भेटवार्ता

काठमाडौं/१६ साउन
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री डा. प्रकाशमान सिंहबीच शनिबार भेटवार्ता भएको छ । नेता सिंहको निवास चाक्सीबारीमा तीन नेताबीच भेट भएको हो ।

एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट सुरु गरेका हुन् । उहाँहरुबीच के कुराकानी भयो भन्ने विषय सार्वजनिक गरिएको छैन ।

नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा यी तीन नेताको भेटलाई कांग्रेसमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

Comments

KATHMANDU WEATHER