Byroad News

Loading...

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन


जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौं/१६ साउन
जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन हुनु भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो। 

संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन हुनु भएको हो । बैठकमा २१ जना संघीय सांसदहरुको उपस्थिति रहेको थियो ।

Comments

KATHMANDU WEATHER