काठमाडौं/१६ साउन
एकताको कारण देखाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले करिव १० मिनेट सञ्चालन गरेर स्थायी कमिटी बैठक स्थगित गर्नु भएको छ ।
शनिबार दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुलसी स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको थियो। बैठकमा ओली पक्षीय स्थायी कमिटी सदस्यहरु उपस्थित भएपछि ओलीले कार्यदलका पूर्वसदस्यहरुले पार्टी एकताका लागि अन्तिम प्रयास गरिरहेको भन्दै बैठक स्थगित गर्न आग्रह गरेपछि उहाँले बैठक स्थगित गर्नु भएको हो ।
स्रोतका अनुसार बैठकको सुरुवातमै ओलीले भन्नुभयो, ‘हामीले भनिसकेका छौँ कि एमालेको एकतामा हाम्रो पनि अन्तिम प्रयास रहनेछ। एकताका लागि जुटिरहनुभएका साथीहरुको आग्रह अनुसार आजको बैठक स्थगित गर्नुपर्ने भयो।’
Featured News
-
15 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments