Byroad News

Loading...

अबको चुनावमा सजिलै बहुमत आउँछ: ओली


अबको चुनावमा सजिलै बहुमत आउँछ: ओली

काठमाडौं/१६ साउन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा सजिलै बहुमत आउने बताउनु भएको छ ।

पार्टीभित्र अब खुट्टा तान्नेहरु नभएको बताउनु हुँदै अबको चुनावमा एमालेको सजिलै बहुमत आउने बताउनु भयो ।

शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा एमाले अध्यक्ष ओलीले त्यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको समेत बताउनु भएको छ । वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उहाँले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताउनु भयो ।

‘अब माधव नेपालजस्ता आन्दोलनविरोधीहरुलाई कुनै ठाउँ छैन, जसले वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थीको सरकार बनाउने, दक्षिणपन्थीको सरकारलाई फ्लोर क्रस गरेर भोट हाल्ने’ उहाँले भन्नुभयो, ‘आफ्नो प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर ढाल्ने । त्यस्ताका लागि ठाउँ छैन ।’

पार्टीमा बाटो बिराउनेहरुका कारण ठूलो क्षति भएको भन्दै ओलीले ‘मुख्य मुख्य अपराधी’ बाहेक अरु भने पार्टीमा फर्किन सक्ने बताउनु भयो । ‘अरु साथीहलाई मौका दिन्छौं । आउनुस् यो पार्टी हामी सबैले बनाएका हौं । गल्ती भइहाले पनि त्यसलाई सच्याउँछौं’ उहाँले भन्नुभयो।

तर पार्टी एकताका नाममा धेरै कुर्न नसकिने अध्यक्ष ओलीले बताउनु भयो । ‘धेरै चिन्ता गरिरहनुपर्ने छैन, जो आउँदैनन् आँदैनन्, केही साथीहरुसँग कुरा भइरहेको छ’ उहाँले भन्नुभयो ।

Comments

KATHMANDU WEATHER