Byroad News

Loading...

काठमाडौँमा माधव नेपाल पक्षीय अखिल फोर्सको शक्ति प्रदर्शन


काठमाडौँमा माधव नेपाल पक्षीय अखिल फोर्सको शक्ति प्रदर्शन

काठमाडौं/१६ साउन
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गठन गरेको अखिल फोर्सको राष्ट्रिय भेला शनिबार सुरु भएको छ ।

एमालेकै केपी शर्मा ओली पक्षले युथ फोर्स ब्यूँताएपछि त्यसलाई चुनौती दिन गठन गरिएको अखिल फोर्सले शनिबार दिउँसो राजधानीमा आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

यसअघि एमाले नेता महेश बस्नेतको नेतृत्वमा युथ फोर्सले राजधानीमा गरेको मोटरसाइकल र्यालीकै शैलीमा वरिष्ठ नेता नेपाल पक्षीय अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो । एमाले सत्ताबाट बाहिरिएसँगै यी बाहुबली संगठनहरुलाई दुवै पक्षले सक्रिय बनाएका हुन् । 

नेपाल पक्षले ओली पक्षलाई आफू कमजोर नरहेको सन्देश दिने गरी शनिबार भेलाअघि भृकुटीमण्डपबाट बबरमहलसम्म मोटरसाइकल र्‍याली गरिएको छ । उक्त र्‍यालीमा ‘अखिल फोर्स’ लेखिएका रातो झण्डासहित विद्यार्थी र युवाहरु सहभागी भएका छन् ।

एमालेमा विवाद बढ्दै जाँदा ओली पक्षले युथ फोर्स ब्यूँताएको छ भने साइबर सेना र आइटी आर्मीलाई पनि सक्रिय बनाएको छ । यस्तोमा माधव पक्षले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्सलाई सक्रिय बनाएको छ ।

Comments

KATHMANDU WEATHER