Byroad News

Loading...

महोत्तरीमा बालकको शव भेटियो, बाबु र सौतेनी आमा पक्राउ


महोत्तरीमा बालकको शव भेटियो, बाबु र सौतेनी आमा पक्राउ

महोत्तरी/१४ साउन
महोत्तरीमा बुधबारदेखि हराइरहेका एक जना बालकको शव फेला परेको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका– ६ बिसमपुर बस्ने चन्द्रकिशोर यादवका ५ बर्षीय छोरा रितेशको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार साँझ घरबाट हराइरहेका बालकको शव घरदेखि ४० मिटर पश्चिम चनु साहको बगैंचामा परालको थुप्रो नजिक बिहीबार दिउँसो फेला परेको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिनुभयो ।

बालकको घाँटीमा सानो दाग देखिएको र शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

स्थानीयलाई उदृत गर्दै प्रहरीले जानकारी दिए अनुसार बालक आफ्ना सौतेनी आमासँगै बुधबार साँझ निस्केका थिए । तर, राति अबेरसम्म घर नआउँदा बालकको खोजी सुरु भएको थियो । खोजी गर्ने क्रममा बालकको शव फेला परेको डीएसपी विष्टले बताउनु भयो ।

बालकको शव देखिएपछि उनका बुबा र सौतेनी आमा समेत फरार भएका थिए । उनीहरुलाई भने बिहीबार साँझ पक्राउ गरिएको डीएसपी विष्टले जानकारी दिनुभयो ।

Comments

KATHMANDU WEATHER