Byroad News

Loading...

मकवानपुरबाट ६५ किलो गाँजासहित दुई जना पक्राउ


मकवानपुरबाट ६५ किलो गाँजासहित दुई जना पक्राउ

थाहानगर/१४ साउन
मकवानपुर प्रहरीले आज दिउँसो नेवारपानीबाट ६५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

हेटौंडा ९ नेवारपानीमा चेकजाँच गर्ने क्रममा बा ११ च ९५०९ नम्बरको स्कारपिओबाट सो परिमाणको गाँजासहित पक्राउ गरेको हो । प्रहरीले मनहरीतर्फबाट हेटौंडातर्फ आउँदै गरेको स्कारपिओबाट गाँजासहित भरतपुर २० चनौली बस्ने वर्ष ३८ को रोशन परियार र राक्सिराङ ६ मकवानपुरका ४३ वर्षिय ललित तामाङलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments

KATHMANDU WEATHER