Byroad News

Loading...

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर


सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं/१३ साउन
नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको छ ।

नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गर्नु भएको हो ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उहाँहरु माओवादी छाडेर एमाले प्रवेश गर्नु भएको थियो । त्यसपछि माओवादी केन्द्रले उहाँहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो ।

सांसद पदबाट मुक्त भएको तीन महिनापछि उहाँहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्नु भएको हो । 

Comments

KATHMANDU WEATHER