Byroad News

Loading...

हात्तीको दारासहित हेटौंडाका सुवास सहित ३ जना पक्राउ


हात्तीको दारासहित हेटौंडाका सुवास सहित ३ जना पक्राउ

बारा/१३ साउन
हात्तीको दारासहित हेटौंडा–१३ पदमपोखरीका ३५ वर्षीय सुवास तामाङ सहित तीन जना पक्राउ परेका छन् ।

बारा जिल्लाको अमलेखगन्जस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बारातर्फ जाँदै गरेका सुवाससहित तीनजनालाई सोमबार साँझ पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम राजमार्गअन्तर्गत २ नम्बर पुल नजिकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा जिल्लाको निजगढ नगरपालिका–११, रतनपुरका ३४ वर्षीय सूर्यप्रसाद तामाङ र रतनपुरकै ३५ वर्षीय दिलबहादुर घलान छन् । उनीहरुको साथबाट ३ फिट ८ ईन्च लामो, १ फिट गोलाई भएको ८ किलो ४४० ग्रामको हात्तीको दारा बरामद भएको प्रहरीले जनाएको छ ।

ना ५० प १२२७ नम्बरको कालो रातो रङको २२० सिसिको पल्सर मोटरसाईकलमा सवार तीनैजनालाई रोकेर प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा हात्तीको दारा बरामद गरेको हो ।

बरामद भएको हात्तीको दारा र मोटरसाइकलसहित तीनैजनालाई जिल्लाको आधाभार स्थित पर्सा राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comments

KATHMANDU WEATHER