Byroad News

Loading...

मकवानपुरमा थप १० दिन थपियो निषेधाज्ञा


मकवानपुरमा थप १० दिन थपियो निषेधाज्ञा

थाहानगर/१३ साउन
मकवानपुरमा थप १० दिन निषेधाज्ञा थपिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापनको संयोजक एवं जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरत मणी पाण्डेले जारी निषेधाज्ञा थप १० दिन थपिने निर्णय भएको जानकारी दिनुभयो ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले थप १० दिन निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख पाण्डेले बताउनु भयो । 

पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि साउन १४ गनेसम्मको लागि रहेको थियो । निषेधाज्ञा भने खुकुलोनै रहने प्रमुख पाण्डेले बताउनु भयो ।

मकवानपुरमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या नघटेको र संक्रमणको जोखिम कायम रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रमुख पाण्डेले बताउनु भयो ।

प्रशासनले निषेधज्ञामा बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यान्न व्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य व्यवसायहरु सञ्चालन गर्न अनुमति दिएको छ । संघिय सरकारले बन्द गरेका शैक्षिक संस्थाहरु सहितका व्यवसाय भने बन्दनै रहने छ । जिल्लामा निजी तथा सार्वजनिक यातायात संचालन भईरहेको छ ।

जिल्लामा गत बैशाख २१ गतेबाट निषेधाज्ञा जारी रहेको छ । जिल्लामा हाल करिब साँढे ५ सयको संख्यामा सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

Comments

KATHMANDU WEATHER