Byroad News

Loading...

मकवानपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु


मकवानपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु

हेटौंडा/१३ साउन
मकवानपुरको बागमती गाउँपालिका वडा नंबर ८ स्थित कालिका कन्ट्रक्शन नजिकको पोखरीमा डुबेर एक स्थानीय बालकको मृत्यु भएको छ । 

मृत्यु पछि स्थानीयले कन्ट्रक्शनमा आगजानी गरेका छन् ।

स्थानीय शान्तिपुरका १० वर्षीय सागर सारुको मंगलबार दिउँसो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएसंगै स्थानीयले नजिक रहेको कन्ट्रक्शनमा आगजानी गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

स्थानीयले कन्ट्रक्शन बनाएको पोखरीको कारण बालकको मृत्यु भएको भन्दै गएराति ९ बजे कन्ट्रक्शनको एक बोलेरो सवारीमा आगजानी, जेसीबी र कार्यालय परिसरमा तोडफोड गरेको प्रवक्ता रिमालले बताउनु भयो । 

उहाँका अनुसार आगजानी र ताडफोडमा संलग्न एक जनालाई पक्राउ गरिएको छ । घटनाको आवश्यक थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

Comments

KATHMANDU WEATHER