Byroad News

Loading...

कर्मचारीले पाउने १० दिने भ्रमण बिदा भदौं देखि लागू हुने, ससुराली माइती नजिक भ्रमण जान नपाइने


कर्मचारीले पाउने १० दिने भ्रमण बिदा भदौं देखि लागू हुने, ससुराली माइती नजिक भ्रमण जान नपाइने

थाहानगर/१३ साउन
सरकारी कर्मचारीले पाउने भनिएको १० दिने छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको छ ।

चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रस्तुत गरिएको १० दिने कर्मचारी भ्रमण छुट्टी भदौदेखि कार्यान्वयनमा आउन लागेको हो ।

भ्रमण छुट्टीका लागि आवश्यक नीति तथा निर्देशिका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तयार गरिरहेको छ । जुन आगामी भदौदेखि कार्यान्वयनमा आउन लागेको मन्त्रालयले जनाएको छ ।

तयार गरिएको भ्रमण निर्देशिकामा काज भ्रमणमा जाने कर्मचारीले आफ्नो घर नजिकै (पायक पर्ने) तथा माइती–ससुराली क्षेत्रमा भने भ्रमण गर्न निषेध गरिएको छ ।

जारी हुन लागेको नीतिमा तोकिएबमोजिम फिल्डमै गई खर्च गर्न र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्ने भनिएको छ । १० दिन भ्रमण विदामा रहँदा कुनै तलव सुविधा काँटिने छैन ।

अहिले देशभर संस्थान, प्रतिष्ठान र निजामती गरि झण्डै ६ लाखभन्दा बढी कर्मचारी रहेका छन् ।

Comments

KATHMANDU WEATHER