Byroad News

Loading...

जबरजस्ती करणी मुद्दामा पूर्वसभामुख महरालाई उच्च अदालतबाट पनि सफाइ


जबरजस्ती करणी मुद्दामा पूर्वसभामुख महरालाई उच्च अदालतबाट पनि सफाइ

काठमाडौं/१२ साउन
पूर्व सभामुख कृष्णबहादुर महराले जबरजस्ती करणी उद्योग मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । उच्च अदालतले उहाँविरुद्धको मुद्दाको सुनुवाइ गर्दै मंगलबार काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो । 

महराको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी दिनु भयो । 

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । उक्त आरोप लागेपछि २०७६ असोज १४ गते उहाँले सभामुखबाट राजीनामा दिनुपरेको थियोभने असोज १९ गते उहाँ सभामुखको सरकारी निवासबाट पक्राउ पर्नु भएको थियो । उहाँलाई ५ महिना पूर्पक्षका लागि कारागारमा राखिएको थियो । 

महरालाई २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो ।

Comments

KATHMANDU WEATHER