पोखरा/११ साउन
पोखराको मुख्य ठाउँ सिर्जना चोकमा यात्रु आवतजावत गर्ने आकाशे पुल सञ्चालनमा आएको छ ।
पोखरा महानगरपालिकाले आकाशे पुल निर्माण गरेको हो । कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य स्वर्गीय पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत् ५० लाख रुपियाँ विनियोजन गरेसँगै सिर्जनाचोकमा आकाशे पुल निर्माणकार्य सुरु गरिएको थियो ।
महानगरपालिकाको दुई करोड १५ लाखको लागतमा स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको इञ्जिनीयर राजु रेग्मीले जानकारी दिनुभयो ।
Featured News
-
14 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments