Byroad News

Loading...

अबैध लागूऔषध सहित पक्राउ


अबैध लागूऔषध सहित पक्राउ

काठमाडौं/११ साउन
दाङको  तुलसीपुर उपमहानगरपालिका—१३ दमारगाँउस्थित सडकबाट ७ ग्राम ६६ मिलिग्राम अबैध लागूऔषध ब्राउनसुगरसहित सोही उपमहानगरपालिका—६ डेरा गरी बस्ने सोही उपमहानगरपालिका—१२ घर भएका २७ वर्षीय राज कुमार वलीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

नेपालगंजबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ख १७१८ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनको साथबाट उक्त ब्राउनसुगर सहित पक्राउ गरेको हो । 
    
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ लेवटबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा र वन्य जन्तुको जस्तो देखिने १ थान सिङसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका—२ बस्ने ४८ वर्षीय बिष्णु हरि अर्याल र सोही ठाउँ बस्ने २४ वर्षीय सरोज अर्याल रहेका छन् । 

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४५५ नम्बरको ट्रकलाई प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त वस्तु र गाँजासहित फेला पारी ट्रक चालक विष्णु र ट्रकमा सवार सरोजलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 

Comments

KATHMANDU WEATHER