Byroad News

Loading...

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ 


जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ 

काठमाडौं/११ साउन
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर कटारी नगरपालिका ४ सिम्ले बस्ने ३० वर्षीय दिनेश दनुवारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी बालिकाकाई सोही ठाउँस्थित निर्माणाधिन घरमा लगि दनुवारले शनिबार राति जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय कटारीको टोलीले दनुवारलाई पक्राउ गरेको हो । 

यसैगरी, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु जिल्लाको मायादेबी गाउँपालिका—७ बसन्तपुर बस्ने २१ वर्षीय कली मुल्लाह मुसलमानलाई शनिबार पक्राउ गरेको छ । 

घर नजिकै रहेको कुखुरा फर्ममा किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुलसिपुर बलुहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Comments

KATHMANDU WEATHER