पर्सा/११ साउन
वीरगंज महानगरपालिका १५ लक्ष्मणवा चोकस्थित होटलबाट १ थान कटुवा पेस्तोलसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका २५ सिर्सिया बस्ने २२ वर्षीय अनिल पटेल, सोही ठाउँ बस्ने २० वर्षीय रकि पटेल र पोखरिया नगरपालिका २ बस्ने २० वर्षीय विक्रान्ता पटेल रहेका छन् ।
होटेलमा अनटेष्ट लेखेको मोटरसाइकल र प्रदेश २—०३—०१३ प २०९७ नम्बरको मोटटरसाइकलमा आएका व्यक्तिहरुले कटुवा पेस्तोल बोकी खाजा खाईरहेको भन्ने विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले तलासी गर्दा अनिलको साथबाट उक्त पेस्तोलसहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुको बारेमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Featured News
-
14 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments