ट्युनिसिया/११ साउन
ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसदसमेत भंग गरेका छन् । सरकारविरुद्ध देशभर विरोध प्रदर्शन चलिरहेको बेला राष्ट्रपति केस सैयदले संसद भंग गर्दै प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गर्नु भएको हो ।
कोरोना महामारीविरुद्ध लड्न र अर्थ व्यवस्था ठिक तरिकाले सञ्चालन गर्न नसकेको भन्दै ट्युनिसियामा सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ । केही शहरहरुमा प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।
यहीबीच, राष्ट्रपति सैयदले आइतबार संसद भंग गर्नु भएको हो । उहाँले एक नयाँ प्रधानमन्त्रीको सहयोगमा कार्यकारी अधिकार ग्रहण गर्ने पनि बताउनु भएको छ । उहाँले आफ्नो यो कदम संवैधानिक भएको जिकीर गर्नु भएको छ ।
सरकारी मिडियामा दिएको एक अन्तर्वार्तामा राष्ट्रपति सैयदले भन्नु भएको छ- पाखण्ड, विश्वासघात र जनताको अधिकार लुट्नेहरु र हतियार उठाउने योजना बनाउनेहरु सबैलाई म चेतावनी दिन चाहन्छु । जसले गोली चलाउने छ, उमाथि सशस्त्र बलले पनि गोलीले जवाफ दिने छ ।
-
14 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments