काठमाडौं/११ साउन
मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ भने प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको संभावना रहेको जनाएको छ ।
महाशाखाले आज वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेकोले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशहरूका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भने, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
-
14 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments