थाहानगर/११ साउन
डिजल र पेट्रोल बोकेको ट्याङ्कर साउन ११ विहान पौने ५ बजे कुन्छालमा दुर्घटना भएको छ ।
अम्लेखगञ्जबाट मकवानपुरको सिस्नेरीका लागि पेट्रोलियम पदार्थ बोकेर त्रिभुवन राजपथ हुँदै कुन्छाल-कुलेखानीको बाटोबाट सिस्नेरी जादै गरेको ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर कुन्छाल पुलबाट खोल्सामा खसेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
गएको असार १८ गतेको भारी वर्षाले पुल छेउमा क्षति पुर्याएकै स्थानबाट मोड साङ्घुरो हुँदा ट्याङ्कर दुर्घटना भएको कुन्छालबाट सञ्चारकर्मी निराजन गोपालीले बताउनु भएको छ ।
बास्टाकोती आयल स्टोर्स सिस्नेरीको लागि ९ हजार लिटर डिजेल र ३ हजार लिटर पेट्रोल बोकेको घियो । दुर्घटनामा चालक र सहचालक सामान्य घाइते भएका छन् ।
दुर्घटनाको जानकारी पाउनासाथ थप दुर्घटना हुन नदिन दमकल सहित पालुङ प्रहरी घटनास्थलमा पुगिसकेको थियो । यसैबीच, भत्किएको सडक बनाउन यस अघि नगरस्तरीय बिपद व्यवस्थापन समितिको बैठकले तार जाली र ढुङ्गा नगरपालिकाले व्यवस्था गर्ने र जनशक्ती नेपाल आर्मी प्रयोग गर्ने निर्णय गरिएको भएपनि हालसम्म काम अगाडि बढ्न सकेको छैन । तस्वीरहरु: ट्याङ्कर- निराजन गोपाली, सडक भासिएको: प्रमोद जोशी
ट्याङ्कर दुर्घटना भएर चुहिएको डिजल संकलन गर्दै

दुर्घटनाग्रस्त ट्याङ्कर

असार १८ गतेको पानीले भासिएको सडकको फाइल फोटो
-
14 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments