काठमाडौं/१० साउन
डाक्टरको प्रमाणपत्र कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका -२ का ३६ वर्षीय विजयश्याम रञ्जित रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रञ्जितलाई काठमाडौंको महाराजगञ्जबाट आइतबार विहान साढे ९ बजे पक्राउ गरेको जनाएको छ ।
उनले नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाणपत्रमा काउन्सिलको छाप लगाइ रजिष्ट्रारको दस्तखत कीर्ते गरेको प्रहरीको दाबी छ ।
प्रहरीले उनलाई लिखतसम्बन्धी कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।
Featured News
-
13 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments