Byroad News

Loading...

यस्तो छ आजको मौसम


यस्तो छ आजको मौसम

काठमाडौं/१० साउन
मौसम पूर्वानुमान महाशाखा अनुसार देशभर सामान्य बदलीको अवस्था छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ।

महाशाखा अनुसार यस्तो छ आजको मौसम:

२०७८ साउन १० गते (आईतबार)

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती:  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा  प्रदेश नं १ र गण्डकी प्रदेशमा भारी बर्षाको संभावना रहेको हुनाले पहाडी  भू- भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।

Comments

KATHMANDU WEATHER