काठमाडौं/९ साउन
मलेसियाबाट आज शनिबार एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ ।
मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिनुभयो ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ ।
शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो । यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ ।
सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ ।
Featured News
-
13 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments