Byroad News

Loading...

आज बागमती प्रदेशमा भारी वर्षाको सम्भावना


आज बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं/९ साउन
मौसम पूर्वानुमान महाशाखाले आज देशभर केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने र बागमती प्रदेशको एक/दुई स्थानमा भारी बर्षाको संभावना रहेको जनाएको छ । 

महाशाखाले आज देशभर केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने र बागमती प्रदेशको एक/दुई स्थानमा भारी बर्षाको संभावना रहेको जनाएको छ । 

महाशाखाले आज पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदि नाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

महाशाखाले आज देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । 

मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । आज बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Comments

KATHMANDU WEATHER