Byroad News

Loading...

भोलिदेखि लामो दूरीका यातायात सञ्चालन गर्न प्रशासनको निर्णय


भोलिदेखि लामो दूरीका यातायात सञ्चालन गर्न प्रशासनको निर्णय

काठमाडौं/८ साउन
जिल्ला प्रशासन कार्यालय काठमाडौँले शनिबार (भोली)देखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । 

यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको हो ।

त्रिभुवन विश्व विद्यालय तथा लोकसेवा आयोगलगायतबाट परीक्षा कार्यक्रमहरु सार्वजनिक भएकाले देशका विभिन्‍न भागबाट हुने परीक्षा तथा सर्वसाधारणहरुको आवतजावतलाई सहज बनाउन उपत्‍यकाका सम्पूर्ण यातायात व्‍यवसायीहरुले सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्‍यवस्था मिलाउन प्रशासन कार्यालयले सूचनामा भनेको छ ।

यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउण्टरबाट टिकट काटेर मात्र यात्रा गर्न अनुरोध समेत गरिएको छ ।

Comments

KATHMANDU WEATHER