काठमाडौं/८ साउन
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा शुक्रबार फिर्ता लिनु भएको छ ।
रावलले साउन ३ गते सांसदबाट राजीनामा दिनु भएको थियो । उहाँको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसक्नु भएको थिएन ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिनु भएको थियो ।
२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित हुनु भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताउनु भएको थियो ।
रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक हुनुहुन्थ्यो ।
रावलले राजीनामा दिनु भएपछि अरू एमाले नेताहरूले उहाँको राजीनामा जरूरी नरहेको भन्दै फिर्ता लिनु पर्ने बताउँदै आउनु भएको थियो । वरिष्ठ नेता नेपालले त उहाँलाई टोखास्थित निवासमै गएर राजीनामा फिर्ता लिन भनेका थिए।
-
13 hours agoथाहा गोल्डकप आजदेखि सुरु
-
3 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-

Comments