Byroad News

Loading...

चन्द्रागिरि नगरपालिकाद्वारा प्रहरीलाई मोटरसाइकल सहयोग


चन्द्रागिरि नगरपालिकाद्वारा प्रहरीलाई मोटरसाइकल सहयोग

थानकोट/७ साउन
चन्द्रागिरि नगरपालिकाले महानगरीय प्रहरीवृत्त थानकोटलाई दुई थान मोटरसाइकल सहयोग गरेको छ ।

चन्द्रागिरिले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज पाँच लाख ३२ हजार मूल्य बराबरको दुई थान प्लल्सर मोटरसाइकल सहयोग गरेको हो ।

महानगरीय प्रहरीवृत्त थानकोटमा आज आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलाई मोटरसाइकल हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा नगरप्रमुख गिरीले नगरपालिकाभित्रको शान्तिसुरक्षालाई थप मजबुद बनाउँदै अपराध नियन्त्रणमा सहयोग पुर्‍याउन नगरपालिकाले उक्त मोटरसाइकल प्रदान गरेको जानकारी बताइनु भयो ।

चन्द्रागिरिको शान्ति, सुरक्षालाई थप मजबुद बनाउन यसभन्दा पहिले नगरपालिकाले करिवएक करोड रुपियाँको लागतमा नागढुङ्गादेखि कलङ्कीसम्म सिसी क्यामरा जडान गरिसकेको छ । आगामी दिनमा भित्री सडकमा सिसी क्यामरा जडान गर्ने कार्यक्रम रहेको पनि प्रमुख गिरीले बताउनु भयो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख सिंहले समुदाय तथा स्थानीय निकायले प्रहरीलाई निःस्वार्थ प्रदान गरेका स्रोतसाधनले समाजको शान्ति सुव्यवस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रहरी वरिष्ठ उपरीक्षक सिंहले प्रहरीलाई उपलब्ध भएका स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार चन्द्रागिरिको शान्तिसुरक्षालाई थप मजबुद बनाउनुपर्ने उल्लेख गर्नु भयो ।

महानगरीय प्रहरीवृत्त थानकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले उपलब्ध स्रोतसाधनको उच्चतम् प्रयोग गरी शान्त चन्द्रागिरि निर्माण गर्न प्रहरीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

Comments

KATHMANDU WEATHER