Byroad News

Loading...

प्रेस पास र सञ्चारमाध्यम अनलाईनबाटै दर्ता र नविकरण हुने


प्रेस पास र सञ्चारमाध्यम अनलाईनबाटै दर्ता र नविकरण हुने

काठमाडौं/७ साउन
सूचना तथा प्रसारण विभागले नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरणका लागि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

बिहीबार विभागले एक विज्ञप्ती जारी गर्दै नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरण र अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरण कार्यहरुको सेवा प्रवाह अनलाइनबाट हुने जानकारी दिएको हो ।

साउन १० गते आइतबारदेखि सेवाग्राहीले आवश्यक कागजात सूचना तथा प्रसारण विभागको वेबसाइटबाट आवेदन दिन विभागले आग्रह गरेको छ ।

अनलाइनबाट आवश्यक कागजातसहित प्रक्रिया पुरा गरी निवेदन दिएका सेवाग्राहीहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चार माध्यम प्रमाणपत्र काठमाडौँ उपत्यकाको हकमा भोलिपल्ट उपलब्ध गराइने विभागले जनाएको छ ।

साथै उपत्यका बाहिरका सेवाग्राहीको हकमा अनुकुलता र माग अनुसार विभाग वा सम्बन्धित जिल्ला जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिने विभागले जानकारी दिएको छ ।

Comments

KATHMANDU WEATHER