Byroad News

Loading...

यातायात व्यवसायी सवारीसाधनसहित विभाग घेराउ गर्दै


यातायात व्यवसायी सवारीसाधनसहित विभाग घेराउ गर्दै

काठमाडौं/७ साउन
यातायात व्यवसायीहरू सवारीसाधनसहित प्रदर्शनमा उत्रिएका छन् । 

सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा यातायातको भाडा, कोरोनाविरुद्ध खोपलगायतका विभिन्न माग राख्दै सवारीसाधनसहित यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सवारीसाधनसहित सडक प्रदर्शनमा निस्किएका पदर्शनकारीहरुले ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नविकरण र जरिवाना छुट गर्न लगायतका माग राखेका छन् ।

२०६९ सालपछि वैज्ञानिक भाडा समायोजन नभएकाले आन्दोलन गर्नुपरेको सार्वजनिक यातायात केन्द्रीय महासंघले जनाएको छ ।

आन्दोलनरत यातायात व्यवसायीहरूले सवारीसाधनसहित यातायात व्यवस्था विभागको कार्यालय घेराउ गर्ने बताएका छन् ।

Comments

KATHMANDU WEATHER