Byroad News

Loading...

एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासा


एमाले नेता खनालको उपचारका लागि ३० लाख निकासा

काठमाडौं/७ साउन
नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि कानुन विपरीत ३० लाख रुपियाँ निकासा भएको छ ।

दुवै मिर्गौलामा समस्या देखिएपछि भारत जानु भएका खनाल एपोलो अस्पतालमा उपचाररत हुनुहुन्छ । एमाले नेताहरुका अनुसार उहाँको मिर्गौला प्रत्यारोपण गरिनेछ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको थियो । एमाले उपमहासचिव विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री रहँदा नै योे रकम निकासा भइसकेको छ ।

जबकी एमाले वरिष्ठ नेता खनालको विदेशमा उपचार गर्दा लागेको खर्च व्यहोर्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निर्णय नै गैरकानूनी थियो ।

२ असोज २०७५ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भनिएको छ ।

यद्यपि, हालै मात्र प्रधानमन्त्री नियुक्त हुनु भएका शेरबहादुर देउवाले पनि खनालको सम्पुर्ण उपचार सरकारले व्यहोर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको छ । 

खनाल आर्थिक रुपले सम्पन्न पूर्व प्रधानमन्त्रीमध्येमा पर्नु हुन्छ । सरकारले उहाँको उपचार खर्च व्यहोर्ने विषयलाई लिएर नेतादेखि जनतासम्मले सामाजिक सञ्जालहरु मार्फत विरोध गरिरहेका छन् ।

Comments

KATHMANDU WEATHER